२५ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

प्रकृतिसँग सामूहिक माफी मागिने

पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी दिँदै आयोजक ।

पाँचथरको फिदिम र हिलिहाङ बिचमा रहेको हेवाँ–फेके दोभानमा प्रकृति पूजाको कार्यक्रम आयोजना गरिने भएको छ । लामो समय देखि हेवाँ र फेके खोला आसपासको प्राकृतिक वातावरणमा असर पर्ने गरी भइरहेका गतिबिधीप्रति बैधिक सनातन विधि अनुसार माफी माग्ने कार्यक्रम हुन लागेको हो ।

फिदिममा बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै दिइएको जानकारी अनुसार माघ ५ गतेबाट कार्यक्रम सुरु गरिने छ । १२ गते सम्म चल्ने कार्यक्रम हेवाँ र फेके खोलाको दोभान फिदिम ११ मा गर्न लागिएको हो । सडक, पुल, भवन सहितका भौतिक निर्माणका क्रममा प्रकृतिमा भएको क्षति प्रति आम रुपमा माफी माग्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

हेवाँ खोलामा मात्रै गएको असोज दोस्रो साता थपिएकासङै २ वर्षमा ४ वटा पुल बगाएर जनजीवन प्रभावित भइरहेको छ । मेची राजमार्ग अनतरगत पर्ने पुल नभएपछि हाल अस्थायी डाइभर्सन मार्फत सवारी चलिरहेका छन् । गत असोजको बाढीले मात्रै हेवाँ खोलाको मुहान रहेको फालेलुङ देखी फिदिम नगरपालिकाको माझिटार सम्ममा ३ सय हेक्टर भन्दा बढीको अन्न उत्पादन हुने क्षेत्र नष्ट भएको छ । ५० भन्दा बढी घर बस्न नमिल्ने अवस्थामा पुगेका छन् । हाल सम्म हेवाँ र फेके खोलाका कारणले ज्यान गुमाएकाहरूको लगत सङ्कलनको काम समेत भइरहेको छ ।

ती सबै प्राकृतिक विपत्तिमा मानव निर्मित कारण हुन सक्ने आकलनका साथ क्षमा याचनाका लागि पूजा कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रमको संयोजनमा संलग्न स्थानीय शुभराज थापाका अनुसार यो विशुद्ध प्राकृतिक पूजा हो । हामीले प्रकृति सँग जानेर नजानेर गरेका गल्ती प्रतिको याचनाका लागि यो कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रममा एक लाख २५ हजार हवन, सामूहिक ध्यान, भागवत र बरुण पुराणको पारायण हुनेछ । हवनका लागि मात्रै १ क्विन्टल ८० किलोग्राम तिल तयारी गरिएको अर्का संयोजनकर्ता तिलबिक्रम ईदिङगोले जानकारी दिए । 

प्रकाशित: २४ पुस २०८१ १३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App