३ माघ २०८१ बिहीबार
image/svg+xml
समाज

सर्वोच्चले माग्यो बार अध्यक्ष घिमिरेको अडियो भिडियो

सर्वोच्च अदालतले नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना विषयमा दर्ता भएको मुद्दामा प्रमाण झिकाउने आदेश गरेको छ । न्यायाधीशहरु नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले घिमिरेले बोलेको श्रव्य, दृश्यको अभिलेख मगाउने मंगलबार आदेश गरेको हो।

'कार्यक्रमको श्रव्य दृश्यको छायांकन, अभिलेख आयोजक बार इकाईबाट भिताई प्रत्यार्थीलाई देखाई सुनाई सनाखत गराई मिसिल सामेल गर्नु' सर्वोच्चले मंगलबार जारी आदेशमा भनेको छ । गत असोज ११ मा काठमाडौं जिल्ला अदालत बार इकाईले आयोजना गरेको कार्यक्रममा बारका अध्यक्ष घिमिरेले भाषणका क्रममा प्रधानन्यायाधीशका बारेमा टिप्पणी गरेका थिए।

बारका अध्यक्षको न्यायाधीश नियुक्तिप्रतिको टिप्पणीलाई आधार मान्दै सर्वोच्च प्रशासनले असोज १४ मा मुद्दा दर्ता गरेको थियो । न्याय परिषदले सर्वोच्च अदालतका लागि दुईजनालाई न्यायाधीश नियुक्तिको सिफारिस गरेपछि बारका अध्यक्षले प्रधानन्यायाधीशलाई आरोप लगाएका थिए । ुप्रधानन्यायाधीशले लेनदेन गरी न्यायाधीश नियुक्ति गरेकोु आरोप लगाएका थिए ।

प्रकाशित: २३ पुस २०८१ १७:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App