१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

वैदेशिक रोजगारमा आकर्षक तलबको लोभ देखाएर ११ लाख ठगी

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाइ रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्।

काठमाडौँ नागार्जुन नगरपालिका–८ बस्ने ३६ वर्षीय समय गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीमाथि लिथुआनिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ११ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको अभियोग छ। 

पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–१५ बाट पक्राउ गरेको हो। 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जानकारी गराएको छ।  

प्रकाशित: १९ पुस २०८१ १५:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App