३ पुस २०८१ बुधबार
image/svg+xml
अन्य

पाहुना बनेर नेपाल छिरे हरियोटाउके हाँस

काठमाडौंको टौदहमा देखिएको हरियोटाउके हाँस । तस्बिर: सुप्रदिप्त न्यौपाने/नागरिक

काठमाडौंको टौदह क्षेत्रमा केही दिनयता पाहुना रूपी हरियोटाउके हाँस देखा पर्न थालेका छन्। यी हाँसहरू प्रायः उत्तरी एसिया, युरोप र साइबेरिया जस्ता चिसो क्षेत्रबाट नेपाल आउने गर्छन्।

काठमाडौंको टौदहमा देखिएको हरियोटाउके हाँस । तस्बिर: सुप्रदिप्त न्यौपाने/नागरिक

हिउँदको समयमा ती क्षेत्रमा अत्यधिक चिसो र खाद्यान्न अभाव भएपछि हरियोटाउके हाँसले गर्मीयुक्त क्षेत्रतर्फ बसाइँ सर्ने गर्छन्।

हरियोटाउके हाँस नेपालका तराई क्षेत्रमा विशेष रूपमा पाइने बताइन्छ। पोखरी, नदी, ताल, कोशी टप्पु वन्यजन्तु आरक्ष, चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज, तथा जगदीशपुर ताल जस्ता ठाउँमा यो समयमा यी हाँसहरू देख्न सकिन्छ।

काठमाडौंको टौदहमा देखिएको हरियोटाउके हाँस । तस्बिर: सुप्रदिप्त न्यौपाने/नागरिक

वैशाख र जेठतिर प्रजननका लागि यी हाँसहरू फेरि उत्तरतिर फर्कने गर्छन्।

प्रकाशित: ३ पुस २०८१ १४:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App