खानेपानीमन्त्री प्रदीप यादवले हुम्लावासीका खानेपानीका समस्या दीर्घकालीन रुपमा समाधान गर्नका लागि महत्वपूर्ण योजनाहरू अगाडि सारेको दाबी गरेका छन्।
शुक्रबार हुम्लाको सदरमुकाम सिमीकोट खानेपानी आयोजनाको अनुगमन तथा निरीक्षणका क्रममा पुगेका मन्त्री यादवले हुम्ला जिल्लावासीका खानेपानीका समस्या दीर्घकालीन रुपमा समाधान गर्न लागि परेको बताएका हुन्।
उनले भने, “म खानेपानीका विषयमा नागरिकलाई परेका दुःख र त्यसको समाधान गर्ने उद्देश्यले दुर्गम जिल्लामा अनुगमनका लागि दौडिरहेको छु। आज हुम्ला आइपुगेको छु। यहाँका नागरिकका पानीका समस्या समाधानका लागि महत्वपूर्ण योजनाहरू अगाडि सारेको छु।”
जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्न थालेका कारण नागरिकलाई खानेपानीको समस्या भइरहेकाले त्यसको दीर्घकालीन समस्या समाधानका लागि गृह कार्य भइरहेको जानकारी गराए। उनले भने, “जलवायु परिवर्तनले पानीका मुहान सुक्दै गएका छन्। यो निकै दुःख कुरो हो। पानीको समस्या समाधानका लागि दीर्घकालीन समस्या समाधानको बाटो खोज्दे छु।”
सोही क्रममा मन्त्री यादवले आफू मन्त्री पदमा रहे नरहेपनि नेपाली नागरिकका सुख दुःखमा हर हमेसा साथ दिइरहेको प्रतिवद्धता जनाएका छन्। उनले हुम्लाको दुर्गम भूगोल र चुनौतीपूर्ण भौतिक अवस्थाका बाबजुद खानेपानी पहुँचको दिगो समाधानका लागि खानेपानी मन्त्रालयबाट यस आर्थिक वषर्मा सरकारले महत्वपूर्ण खानेपानी तथा ढल व्यवस्थापनका विभिन्न योजनाहरू अगाडि सारेको जानकारी दिए।
प्रकाशित: २८ मंसिर २०८१ १९:४४ शुक्रबार