२० चैत्र २०८१ बुधबार
image/svg+xml १९:३४ अपराह्न
समाज

चोभारस्थित कबाडी संकलन केन्द्रमा आगलागी (तस्बिरहरु)

काठमाडौंको कीर्तिपुरस्थित चोभारमा आगलागी भएको छ। मंगलवार बिहान कबाडी संकलन केन्द्रमा आगलागी भएको हो।

कबाडी संकलन केन्द्र र बंगुर पालन गरिएको ठाउँमा आगलागी भएको तर अझैसम्म आगो नियन्त्रणमा आइ नसकेको काठमाडौं महानगरपालिकाका सहायक निरीक्षक वसन्तकुमार श्रेष्ठले बताए।

आगलागिको जानकारी हुने बित्तिकै महानगरको टोली पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेको बताए। आगलागि भएको स्थानमा जस्तापाताका टहराहरु बढी भएका कारण आगो नियन्त्रणमा लिन नसकिएको बताए। उनले स्काभेटर मगाएर जस्तापाता  हटाउने र आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए।

प्रकाशित: २५ मंसिर २०८१ १२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App