१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

कालीमाटीमा मृत भेटिएकी महिलाको मृत्युको कारण 'लिभर डिजिज' भएको पोस्टमार्टम रिपोर्ट

काठमाडौंको कालीमाटी सडकमा मृत भेटिएकी महिलाको मृत्यु लिभरको समस्याका कारण भएको खुलेको छ। 

पोस्टमार्टम रिपोर्टले उनको मृत्युको कारण लिभरको समस्या भएको देखाएको हो। अनुसन्धानमा संलग्न अधिकारीका अनुसार मृत्युको कारण लिभर डिजिज भएको पोस्टमार्टम रिपोर्ट आएको छ। 

उदयपुर घर भएकी ४५ वर्षीया जानुका सुर्खेतीको शव कालीमार्टीको संगीत मार्गमा भेटिएको थियो। सुर्खेतीको शव बोकेर हिँड्ने बझाङका  २२ वर्षीय कवीन्द्र बोहरा प्रहरी नियन्त्रणमा छन्।

उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। उनलाई प्रहरी वृत्त कालीमाटीमा राखिएको छ।  बोहराले महिलाको शव काँधमा बोकेर सडकमा फालेका थिए। सीसीटीभीको फुटेजका आधारमा पक्राउ परेका बोहोराले शव बोकेर फ्यालेपनि आफुले हत्या भने नगरेको बयान दिएका छन्।

प्रकाशित: १३ मंसिर २०८१ १२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App