९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

स्वदेश फर्किए भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदी

पाँच दिने औपचारिक भ्रमण सकेर भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आइतबार स्वदेश फर्केका छन्।

प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आएका द्विवेदी आइतबार स्वदेश फर्केका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी श्री प्रेम ध्वज अधिकारी बिदाइ गरेका छन्। 

भ्रमणको दौरान जनरल द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेका थिए। जनरल द्विवेदीले आफ्नो भ्रमणको दौरान सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, माननीय रक्षा मन्त्री र प्रधान सेनापतिसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए।

उनले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित पश्चिम पृतना हे.क्वा.को भ्रमण गर्नुका साथै मुस्ताङ स्थित मुक्तिनाथ मन्दिरको दर्शन र माउन्टेन फ्लाइट मार्फत विभिन्न हिमालहरूको अवलोकन समेत गरेका थिए। 

प्रकाशित: ९ मंसिर २०८१ १३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App