लागु औषध ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
गुलरिया नगरपालिका–११ गणेशपुर स्थितबाट लागु औषधसहित दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गुलरिया नगरपालिका–२ संगम बस्तीका ३५ वर्षीय विकाश विक र वडा नम्बर-४ बेलौलीका ३० वर्षीय अनिल गोडिया रहेका छन्।
शङ्कास्पद रुपमा रहेका दुवै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा कालो प्लाष्टिकले बेरेर राखेको अवस्थामा लागु औषध फेला परेको प्रहरीले जनाएको छ।
दुवै जनाको साथबाट ४ सय ४० मिलिग्राम लागु औषधको धुलो फेला परेको प्रहरीले जनाएको छ।
दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
प्रकाशित: ८ मंसिर २०८१ १५:५५ शनिबार