८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

विद्युत् महसुल नतिर्ने ६०० ग्राहकको विद्युत लाइन काटिने

विद्युत् महसुल नतिर्ने करिब छ सय ग्राहकको विद्युत लाइन काटिने भएको छ। नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको हो।

जिल्लामा विद्युत् प्राधिकरणका ग्राहकबाट ८० लाख रुपैयाँ भन्दा बढी बक्यौता रकम उठाउन बाँकी छ। केन्द्रका अनुसार विद्युत महसुलबापतको ८० लाख ९९ हजार तीन सय ६२ बक्यौता रकम उठाउन बाँकी छ। मिटर रिडिङ गरेको ६० दिन नाघिसकेका पाँच सय ७९ ग्राहकबाट उक्त रकम असुल गर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले जानकारी दिए।

प्राधिकरणले मिटिर रिडिङ भएको ६० दिनभित्र महसुल नबुझाउने ग्राहकको लाइने काट्ने नीति लिएको छ। सोही नीतिअनुसार समयमा महसुल नबुझाउने ग्राहकको यो वर्ष पनि लाइन काट्ने कार्य सुरु भएको वितरण केन्द्रका प्रमुख पौडेलले बताए।

बैतडीमा गत आर्थिक वर्षमा समयमा महसुल नबुझाउने ग्राहकको लाइन काटेर रु ६४ लाख बक्यौता रकम असुल गरिएको थियो। लाइन काटेपछि महसुल तिर्नेहरूको प्राधिकरणले पुन: लाइन जोड्ने गरेको छ। रासस

प्रकाशित: ७ मंसिर २०८१ १०:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App