भक्तपुर नगरपालिका-३ दरबार स्क्वायर इछुगल्लीस्थित आफ्नै घरमा ९४ वर्षीया विष्णुकुमारी त्वयना खुट्टा बाँधिएको अवस्थामा मृत फेला परेकी छन्।
प्रहरीलेका अनुसार उनी आफ्नै सुत्ने कोठामा कपडाले दुवै खुट्टा बाँधिएको अवस्थामा मृत फेला परेकी हुन्। उनी चौथो तलामा एक्लै बस्दै आएकी थिइन।
घटनास्थलमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको टोली, कुकुरसहितको केनाइन टोली र अपराध शाखा भक्तपुरको संयुक्त टोली परिचालन गरिएको छ।
शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोट भक्तपुरमा पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको परिसरका सूचना अधिकृत ढुण्डीराज नेउपानेले जानकारी दिए।
प्रकाशित: २९ कार्तिक २०८१ १६:५९ बिहीबार