२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

अनुमति बिना प्रवेश गरेको अभियोगमा दुईजना बङ्गलादेशी पक्राउ

प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुईजना बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका छन्। सशस्त्र प्रहरी वलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो।

आफ्नो परिच खुल्ने कुनै कागतपत्र  नभएका उनीहरुका साथबाट एक हजार पाँच सय टाका र दुई थान मोवाइल बरामद भएको सशस्त्र प्रहरी बल २ नं. गणका सूचना अधिकारी महेशराज बिष्टले बताए। 

उनीहरुलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको छ। उक्त कार्यालयले आज उनीहरुलाई काठमाडौंस्थित अध्यागमन विभाग पठाउने जनाएको छ। रासस

प्रकाशित: २९ कार्तिक २०८१ ०६:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App