२८ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

करेन्ट लागेर आर्मीका लेसनायकको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका ८ दोभानमा सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा कार्यरत आर्मीका एक लेसनायकको मृत्यु भएको छ। मृत्यु हुनेमा डँडेलधुराको गन्यामधुरा गाउँपालिका १ घर भएका २९ वर्षका लेसनायक पदमबहादुर दियाल रहेका छन्।

डिउटीमा रहेको समयमा सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाईटेन्सन बिजुलीको तारमा पाइपले छुँदा उनलाई करेन्ट लागेको थियो।उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। करेन्ट लागेर आर्मीकै अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेमा डँडेलधुराको अमरगढी नगरपालिका २ घर भएका अन्दाजी २९ वर्षका लेसनायक विनोद के.सी र पाल्पाको रामपुर नगरपालिका ६ घर भएका अन्दाजी २१ वर्षका सिपाही युवराज कुमाल रहेका छन् । 

घाइते दुवैलाई तत्काल हेलिकप्टरमार्फत आर्मी अस्पताल छाउनी काठमाण्डौ पठाइएको छ। दुवैको अवस्था मध्यम रहेको डिएसपी अर्यालले जानकारी दिए। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाको नेतृत्वको टोली पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। मृतक दियालको शवलाई पोष्टपार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज काठमाण्डौ पठाइएको छ।

प्रकाशित: २२ कार्तिक २०८१ १७:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App