२२ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

अस्ताउँदो सूर्यलाई अर्घ दिइने छठको मुख्य विधि सुरु

धैर्य र सम्मान सिकाउने छठ पर्व

छठ पर्वको विशेषता साँझको अध्र्य अर्थात् अस्ताचल सूर्यलाई अर्घ चढाएर छठ महापर्वको मुख्य विधि सुरु हुँदै छ। डुब्दै गरेको सूर्यलाई सम्मानले बुढापाका प्रति सम्मानको भावना अभिवृद्धि गर्न सिकाउने भाव निहित रहेको बुझ्न सकिन्छ। उदाउनेलाई त सबैले नमन गर्दै आएकै छ। तर, अस्ताउँदोलाई सम्मान गर्न छठ पर्वले सिकाउँछ।

सूर्यप्रतिको असीम आशक्ति, सूर्य किरण प्रतिको अटुट आस्था छठ पर्वमा मात्र देख्न सकिन्छ। अस्ताउँदो सूर्यलाई पूजा गर्न हरबरी(हत्तार) र उदाउँदो सूर्य दर्शनका लागि छटपटी र तत्परता वर्ष भरीमा अरू दिन कहिल्यै हुँदैन। यो छठ पर्वको दिन मात्र हुन्छ।

तर, यो परीक्षा कालमा व्रतालु एक्ला हुँदैनन्, सिङ्गो समाज सँगै हुन्छ। जहाँ व्यक्ति आफूलाई समाजबिच पाउँछ, त्यहाँ उसको धैर्य बढ्दै जान्छ। अनि छठ घाटमा लोक गीतको धुनझन् जेत हुन्छ—‘केरबा जे फरल घओंदसे, ओइ पर सुगा मरराय, मारबौ रे सुगबा घनुख से,सुगागीरे मुरछाए।

मानिस त के, पशुपक्षीसमेत वर्जित छन्। यस्तो कडा नियम र व्यवहारले मनाइने छठ पर्वप्रति बढ्दै गइरहेको जनविश्वास पर्वको महत्तालाई दर्साउँछ।

प्राचीन ग्रन्थ ऋग्वेदमा भनिएको छ– हे आकाशकी छोरी उषा! (सूर्यको पनि किरण) मलाई अन्न, धन, छोराछोरी देऊ! वरदान देऊ कि म सधैँ बिहान ओछ्यानबाट उठेर बलिष्ठ छोराहरूको मुख देख्न सकूँ।

सूर्यलाई आदि–देवता पनि भनिन्छ। मानव मात्रको उदय भएपछि उसलाई सर्वप्रथम उज्यालो दिने, जिउमागर्मी उत्पन्न गर्ने, रोग व्याधिबाट जोगाउने सूर्य नै थिए। स्वभावतः उनी सूर्यप्रतिआकर्षित भए र सूर्य आराधनाको क्रम सुरू भयो। छठ पूजामा ‘छठ माई’ को पूजा गर्ने चलन पनि वैदिक अनुष्ठानमा तान्त्रिक (स्मात्र्त) अनुष्ठानको सम्मिश्रण रूप नै हो मैथिली भाषाका प्राध्यापक उमेश कुमार झाले भने। यस पर्वको सम्पादन षष्ठी तिथिमा हुने भएकाले पनि यसको तद्भव रूप छठले ‘परमेश्वरी’ को रूपमा लोक मानसमा ठाउँ पाएको हुन सक्ने उनी बताउँछन्। छठ लाई परमेश्वरी भनेर पुजिन्छ।

‘कात्तिक में अईहअ ए परदेशीबालम घरे होता छठ, कात्तिक मे आईब ए प्यारी धानीहमहु करब छठ’ अर्थात् रोजगारीका क्रममा बाहिर रहेका आफ्ना पतिलाई घरफिर्तीको स्मरण गराउँदाको क्षणलाई लोकगीतमार्फत प्रस्तुत गरिएको छ। छठमा परदेशीएकाहरु घर फर्किने गर्छन् । छठ वरिपरि खास गरी मधेसमा घर फर्किनेहरूको लर्कै लाग्छ। यसले छठ प्रतिको निष्ठालाई पनि उजागर गर्छ। त्यसैले समन्वय र लोक सरोकारको पर्व पनि हो।

‘केरवा जे फरेला घवद से ओह पर सुगा मंडराएं’गीतले छठको माहोललाई अझ रोमाञ्चकता प्रदान गर्छ । अर्थात् केरा फलेको बोटमा टोक्नका लागि सुगा झम्टिरहेको छ। व्रतालुले गुहारेपछि सूर्यदेवले सुगामाथि वाण चलाउँछन्। सुगा मूच्र्छित भएर ढल्छ। यस्तोमा सुगाको जोडीले रोइकराइगर्न थाल्छ। यो देखेर व्रतालुमा करुणा जाग्छ र उनी सुगालाई बचाइदिनबिन्तीगर्न थाल्छिन्। यसरी पराया–कष्टसँग निजत्वको जुनकाल्पनिकी यस लोकगीतमार्फत सम्प्रेषित भएको छ, यसले सहिष्णुता र क्षमा दानको उपादेयता स्पष्ट पारेको छ।

छठ पर्व महिला केन्द्रित छ, यसमा ब्राह्मण–पुरोहित, पितृसत्तात्मकता भेदभावलाई स्थान छैन। छठ पर्व महिलाहरूको अगुवाइमा सम्पन्न हुनु भनेको महिलाहरूको आवाज सुन्नु पनि हो।

‘उजे कांच जे बांसके वहंगिया, रेशमलागल डोर, भरिया होएताहफलां भैया भार घाटे पहुंचाए.....छठ पर्वको अवसरमा अघ्र्य दिन सामग्रीहरूको भारी बोकेर भाइ घाटतिर जाँदै गर्दा कुनै बटुवाले ‘यो भार कहाँ जाँदै छ?’ सोध्दा व्रतालुहरू आक्रोशित हुँदै भन्छन्–तिमी अन्धो छौ, देख्दैनौ— यो छठी माईको अर्घ्य दिन घाटतिर जाँदै छ ! पूजाप्रतिको एकाग्रतामाकुनै अवरोध सहन सकिँदैन भने यो लोकगीतमार्फत दर्साइएको छ। यसले छठ पर्वअगाधभक्ति र श्रद्धासाथ मनाइन्छ भने प्रष्ट हुन्छ।

बांझीके दुअरिया हो दीनानाथ ,बजर केबार.. सभक अरघबा हो दीनानाथ लेल समुझायबांझके अरघबा हो दीनानाथअर्थात्बाँझीको घरमाखुसी छैन। सबैको अर्घ्य स्वीकार हुन्छ तर बाँझीको हुँदैन । घरमा सासू कुट्छिन्, नन्दमजाक उडाउँछिन् भने मूर्ख पति घरबाट निक्ल भन्छन्।

छठ पर्व मनाउने धोको राखेकी महिला सन्तानविहीन छन् भने त्यसले सन्तानको कामना गर्न पर्व गर्छिन्। तर जति चोटि पर्व गरे पनि सन्तान पाउन नसक्ने, महिला अन्ततः बाँझीको रूपमा समाजमा तिरस्कृत हुन पुग्छिन्। उसको पीडालाई पनि छठको लोकगीत मार्फत प्रस्तुत गरिएको छ।

छठ पर्वमा दुई वटा वस्तुको प्रधानता हुने गर्दछ। एक हाम्रो कृषिप्रधान देश भएकोले यसमा प्रयोग हुने सामग्री खेती बारीमा उत्पादन हुने बस्तु जातमा आधारित हुन्छन्। यसले धनीदेखि गरिबसम्म पनि सहजै यो पर्व गर्न सक्ने हुन्छन्। अन्य धार्मिक अनुष्ठानजस्तै कसैको आर्थिक दम्भको पीडा खप्नु पर्ने अवस्था यसमा आउँदैन।

सबै एकनासले उही गहुँको ठेकुवा, चामलको भुसबा, केरा मुख्य प्रसादको रुपमा चढाउने गर्दछन्। कुनै अतिरिक्त देखावटी गर्न पाइँदैन। त्यसैले एउटा प्रत्यक्ष देउताको सबैले अराधना गर्न पाउन् भन्ने हाम्रा पुर्खा मनीषीहरूको दीर्घ सोच प्रति नतमस्तक हुनै पर्दछ।

दोस्रो हो, पर्व प्रतिको अटुट आस्था। जसले यसलाई जीवनको प्रारम्भदेखि नै जनमानसको विश्वाससँग जोडेर राखेको छ। सम्भवतः यही कारण पनि हो आज यस पर्वसँग मधेस र मिथिलाञ्चल बाहेक पनि प्रशस्त श्रद्धालु जोडिँदै गएका छन्।

प्रकाशित: २२ कार्तिक २०८१ १२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App