म्याग्दीबाट सडक आश्रित ८ जनाको उद्धार गरेको छ। अभियान अन्तरगत सदरमुकाम बेनी बजारमा बेवारिसे अवस्थामा भेटिएका दुई बालक, एक महिला सहित ८ जनालाई उद्धार गरेर बागलुङ स्थित मानव सेवा आश्रममा लगेको बेनी नगरपालिकाको कार्यालयमा नगर प्रमुख सुरत केसीले बताए।
अभियान अन्तरगत बेनी नगरपालिकामा आएको टोलीलाई मेयर केसी र उपमेयर ज्योति लामिछानेले स्वागत गरेका थिए। गत असोज २६ गते बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको गायिका आनी छोइङ डोल्माको नेतृत्वमा रहेको अभियान टोली २५ औ दिनमा बेनीमा आएको हो।
बेनी बजारमा चोरीजन्य गतिविधिमा संलग्न भएर आजित बनाएका दुई बालक र बराहपाखो सामुदायिक बनको ओडारमा बस्ने एक व्यक्तिको उद्धारमा प्रहरीसहितको टोलीले सहयोग गरेको थियो। गत असोज २६ गते बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको गायिका आनी छोइङ डोल्माको नेतृत्वमा रहेको अभियान टोली २५ औ दिनमा बेनीमा आएको हो।
झापाको मेची पुलबाट सुरु भएको अभियान मार्फत बेनीका तीन सहित एक सय ६५ जना सडक आश्रित मानवको उद्धार भएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए। सडक पेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताइरहेका सडक आश्रित सहयोगापेक्षीहरूको उद्धारका लागि मानव सेवा आश्रमले हरेक वर्ष मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा गर्दै आएको छ।
मानवसेवा आश्रमको सात वटा प्रदेशका १९ जिल्लामा २५ वटा सेवा केन्द्र सञ्चालनमा छन्। उद्धार यात्राको खर्च आनीछोइङ डोल्मा फाउन्डेसनले सौजन्य गरेको छ। आश्रमले आगामी वर्ष अर्थात् २०८२ सालभित्र नेपाललाई सडक पेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने मानिसहरूको देश निर्माण गर्ने सङ्कल्प गरेको छ।
प्रकाशित: २१ कार्तिक २०८१ १७:०६ बुधबार