२० कार्तिक २०८१ मंगलबार
image/svg+xml
समाज

बेमौसमी वर्षाले धानबालीमा क्षति

धान भित्र्याउने तयारीमा भक्तपुरका किसान। तस्बिर: कृष्ण/ नागरिक

बैमौसमी वर्षाले ६ महिना दुःख गरी भित्र्याउन ठिक्क परेको धानवालीमा क्षति पुगेपछि भक्तपुरका किसान दुःखी बनेका छन्। वर्षदिन खान पुग्ने धान वर्षाले नष्ट पारेपछि किसान चिन्तित भएका हुन्।

असारमा रोपेको धान कात्तिक मंसिरमा भित्र्याउन ठिक्क हुन्छ। भित्र्याउन ठिक्क भएको बेला परेको बेमौसमी वर्षाले धानमा क्षति पुगेको हो। काट्नै लागेका बेला पानी परे धान झरेर नोक्सान हुन्छ।

काठमाडौं उपत्यकामै सम्भवतः भक्तपुरमा धेरै किसान छन् र उनीहरू अहिले पनि खेती किसानीमा लागेका छन्। अहिले पनि धेरै किसान नगदेबालीमा भन्दा धान गहुँंमै सीमित छन्। धानवाली लगाउने मौसममा धान र अर्काे मौसममा उनीहरू गहुँ बाली लगाउँछन्। यसबाहेक निकै कमले मात्रै नगदेबालीको रूपमा तरकारी खेती गर्छन्।

एकजना पीडित किसान चन्द्र दुमरुले भित्र्याउन ठिक्क परेको बेला भएको वर्षाले आफू मात्रै नभई भक्तपुरभरिका किसान मर्माहत बनेको बताए। तिहार अगाडि थोरै नपाकेकाले धेरै किसान तिहार सकेर धान काट्ने तरखरमा थिए, उनले भने, तिहार लगत्तै परेको बेमौसमी वर्षाले धेरै किसानको धानबालीमा क्षति पुगेकाले दुखी बनाइदिएको छ।

भक्तपुरमा चार वटा नगरपालिका छन्। यहाँ भक्तपुर र मध्यपुर थिमि गरी दुई वटा पुराना नगरपालिकाहरूमा घना वस्तीको विकास भइसकेकाकाले यहाँ खेतीबाली छैन तर जिल्लाको सूर्यविनायक र चाँगुनारायण भने नयाँ नगरपालिका घोषित क्षेत्र हुन्। यहाँ अधिकांश भूभाग खाली नै छन् र सबैतिरजसो नै धानवाली लगाउने गरेका छन्। भक्तपुर जिल्लामा गाउपालिका भने छैन।

जिल्लाका अर्का किसान किसानको भागमा जहिले पनि समस्या मात्रै पर्ने गरेको अनुभव  साट्नछन्। धान रोप्ने बेलामा रासायनिक मल नपाउनेदेखि अनेक समस्या भोग्दै आएका किसानलाई दैवले पनि नसहेको उनी सुनाउँछन्। भित्र्याउन ठिक्क परेको बेला भएको बेमौसमी वर्षाले धेरै किसानलाई रुवाएको उनी सुनाउँछन्।

प्रकाशित: २० कार्तिक २०८१ ०९:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App