विराटनगर –११ स्थित संगम पार्टी प्यालेसमा जुवा, तास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।
शुक्रबार राती जुवा, तास खेलिरहेको अवस्थामा नगद १० लाख ६ हजार ९ सय ९५ रुपैयाँसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा मोरङ बिराटनगर महानगर पालिका – ११ का वर्ष ६१ वर्षीय राजन कँडेल, विराटनगर– १२ का ४१ वर्षीय टुनटुन शर्मा, विराटनगर –११ का ५७ वर्षीय पशुपति भगत, विराटनगर – १२ का ४७ वर्षीय सुरेन्द्र ठाकुर विराटनगर– ११ का ५० वर्षीय विरेन्द्र साह,विराटनगर– ३ का ५५ वर्षीय ध्रुव सिग्देल, विराटनगर– ५ का ५५ वर्षीय मनिराज प्रसाईँ,विराटनगर– १२ का ५०वर्षीय बाबुराम कट्टेल,विराटनगर– १२ का ४६ वर्षीय लिला सहनी र विराटनगर –११ का पाटी प्यालेस सञ्चालक ५९ वर्षीय पदम श्रेष्ठ रहेका छन्।
पक्राउ परेकाहरूको साथबाट ५ बुक ताससमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए। पक्राउ गरिएकाहरूलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जोशीले बताए।
प्रकाशित: १७ कार्तिक २०८१ १६:४१ शनिबार