९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

ताप्लेजुङ बाहिरका व्यक्ति अब पाथीभरा क्षेत्रमा तीर्थालु सहयोगी(भरिया)बन्न नपाउने

ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरका तीर्थालु सहयोगी(भरिया)का लागि जिल्ला बाहिरका लागि अनुमति नदिइने भएको छ। 

पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा भएको सरोकारवालाको संयुक्त छलफलले तीर्थालु सहयोगी व्यवस्थापन कार्यविधि निर्माण गर्ने सहितका ८ बुँदे कार्यविधि कार्यान्वयनमा ल्याउने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिए। 

पाथीभरा क्षेत्र विकास समिति,फुङलिङ नगरपालिका,पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्धन समिति र तीर्थालु सहयोगीका प्रतिनिधि समेतको सहभागिताका भएको छलफल उक्त निश्कर्षमा पुगेको समेत थेबेले जानकारी दिए। अध्यक्ष थेबेका अनुसार अब उप्रान्त ताप्लेजुङ जिल्ला बाहिरका व्यक्तिले तीर्थालु सहयोगी(भरिया)को जिम्मेवारी पाउने छैनन्। 

तीर्थालु सहयोगीको तीनपुस्ते विवरण खडा गरी राखिने छ भने उनीहरुको बीमा समेत गरिने भएको छ। तीर्थालु सहयोगीको उमेरको हद  समेत राखिने भएको छ। उक्त बिषय कार्यविधिमार्फत व्यवस्थापन गर्ने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए। 

यस्तै  नियमित स्वास्थ्य परीक्षण गरिने छ भने उनीहरुका लागि आधिकारिक पोशाक समेत लागु गरिने छ।अब किलोमिटरका आधारमा मान्छे र सामान बोकाईको पारिश्रमिक निर्धारण गरिने छ। सरसमान तथा तीर्थयात्री बोक्नका लागि तीर्थालु सहयोगीलाई आवश्यक सामाग्रीको प्रवन्ध समेत गरिने भएको छ।

 

प्रकाशित: १६ कार्तिक २०८१ ०९:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App