१८ असार २०८३ बिहीबार
image/svg+xml
समाज

बालिका करणी गरेको आरोपमा एक युवक पक्राउ

१६ वर्षे बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पाँचथर घर भएका राकेश हेम्बेवा लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए।

उनलाई ताप्लेजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई मुलुकी अपराध संहिता २०७४ को भाग २ परिच्छेद १८ बमोजिम घटनाको अनुसन्धान थालिएको उनले बताए।

प्रहरीका अनुसार पक्राउ परेका लिम्बू माथि पीडित बालिकाकी हजुरआमाले जाहेरी दिएकी थिइन्।

प्रकाशित: १३ कार्तिक २०८१ १८:०९ मंगलबार