११ कार्तिक २०८१ आइतबार
image/svg+xml
समाज

पर्यटनमन्त्री पाण्डेद्वारा विश्वविख्यात चिनियाँ वैज्ञानिक विङडिङ सम्मानित

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले चीनका विश्वविख्यात वैज्ञानिक प्राध्यापक विङडिङलाई सम्मान गरेका छन्।

सुदूरपश्चिम विश्वविद्यालयको सक्रियतामा जलवायु परिवर्तन, उर्जा र स्वास्थय सम्बन्धी १६ वटा देशका बैज्ञानिकहरुको सहभागिता रहको काठमाडौमा आयोजित गोष्ठीको समापनका अवसरमा मन्त्री पाण्डेले विङडिङलाई अभिनन्दन गरेका हुन्।

गोष्ठीमा जलवाय परिवर्तन, ऊर्जा र स्वास्थ्य क्षेत्रका समस्या समाधान लगायतका विषयका साथै पर्यटन प्रवर्धनको क्षेत्रमा गुणस्तरीय छलफल भएकोमा पाण्डेले खुशी व्यक्त गरे।  

मन्त्री पाण्डेले भने, आज हामी एउटा विशेष सन्दर्भले जोदिएका छौं । हामी एक जना विश्व विख्यात वैज्ञानिकलाई हाम्रो तन, मन र वचनबाट सम्मान गर्दै छौं। चीनमा डिस्टिङगुइस योङ साइन्टिस्ट र चाङजियाङ   को उपादी  प्राप्त गरि सक्नु भएका उहाँ संसारका दुई प्रतिशत वैज्ञानिक भित्र पर्ने वैज्ञानिक हुनु हुन्छ। 

मन्त्री पाण्डेले नेपाल र चीन बीच यस्ता आदन–प्रदानको धेरै पुरानो इतिहास रहेको उल्लेख गर्दै बौद्धभिक्षु तथा प्रसिद्ध तीर्थयात्री फाहियान चौथो शताब्दीमा यहाँ नेपाल आएको अभिलेख रहेको र लुम्बिनीको इतिहास उत्खननमा अतुलनीय योगदान पुर्याएको उल्लेख गरे।

अभिनन्द कार्यक्रममा बोल्दै विङडिङले नेपालीेहरु निकै आत्मिय रहेको भन्दै नेपाली विदयार्थीहरुलाई आफू माताहतमा अध्ययन अनुसन्धानमा लगाउन नपाएको उल्लेख गरे । उनले नेपाली विद्यार्थीलाई आफूसँग जोडिन समेत आगह गरे।

प्रकाशित: ११ कार्तिक २०८१ १२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App