देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेशमा भने बंगालको खाडीमा विकसित चक्रवात “दाना” को आंशिक प्रभाव रहेको छ।अहिले कोशी र लुम्बिनी प्रदेशका पूर्वी भेगमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भेगको मौसम भने मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति कोशीलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।
प्रकाशित: ९ कार्तिक २०८१ ०६:३० शुक्रबार