८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

स्करपियोले ठक्कर दिँदा दुई जनाको मृत्यु, चार घाइते

<br>

कपिलवस्तुमा दुई सवारी साधन एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। अन्य चार जना गम्भीर घाइते भएका छन्।  

सामाजिक सुरक्षा भत्ता लिन लु १ ह ३०९२ नम्बरको अटोमा चढेर गोरुसिंगे जनेक्रममा बा प्र–०१–०२९च९१५० नम्बरको स्करपियोले बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा ठक्कर दिएको कपिलवस्तु प्रहरीले जनाएको छ।  

दुर्घटनामा बुद्धभूमि नगरपालिका–१० जनकपुरकी ७० वर्षीया सरस्वती पासी र ६५ वर्षीय सावर केवटको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए। पासीको घटनास्थलमै र केवटको बुटवलस्थित चौराहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

घाइते विद्यावती पासी, भानमती पासी, जवाहिर अहिर अटो चालक लोकबहादुर कुँवरको चौराहा अस्पतालमा उपचार भईरहेको छ।  

प्रकाशित: ८ कार्तिक २०८१ १६:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App