७ कार्तिक २०८१ बुधबार
image/svg+xml
समाज

नेपालमा पाइने २१ जातका माछा लोप हुने अवस्थामा

नेपालमा २१ जातका माछा लोप हुने अवस्थामा रहेका छन्। केन्द्रिय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र काठमाडौँका अनुसार चिसो ठाउँमा पाइने २१ जतका माछाहरु लोप हुने अवस्थामा पुगेका हुन्।

२१ जात मध्ये पनि चार वटा जातका माछा अति लोपोन्मुख अवस्थामा पुगेको केन्द्रिय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्रकी सहसचिव सरिता गौतमले बताइन्।

उनका अनुसार अति लोपोन्मुख अवस्थामा पुगेका माछामा सहर र असला प्रजातिका ३ गरी चार वटा जातका माछा रहेका छन्। यी हिमाली र पहाडी भेगमा पाइने माछा हुन्।

यस्तै लोपउन्मुख अवस्थामा पुगेका २१ जातका माछा पहाडी भेगका ठूला नदी, तालहरुमा पाइने माछा रहेको उनले जानकारी दिइन्। न, तिखे असला, असला, पातई, गोच, गडेला, सहर, सूईरी लगायतका माछा लोपउन्मुख अवस्थामा छन्।

नेपालमा माछाको संख्या यकिन छैन। तर, २ सय ५२ जातका माछा पाइने गरेको अनुमान गरिएको छ। ती मध्ये ११ जातका माछाको व्यावसायीक रुपमा उत्पादन हुने गरेको छ। साथै नेपालमा व्यवसायीक रुपमा वार्षिक १ लाख १३ हजार माछा उत्पादन हुनेको गरेको छ।

जबकी नेपालमा सबैभन्दा बढी माछा कोशी नदीमा पाइन्छन्।

नेपालमा ४ हजार ८ मेक्टिन टन माछा बाहिरी मुलुकबाट आयात हुने गर्दछ। प्राकृतिक जलाशयमा उत्पादन हुने माछाको संरक्षणमा केही समस्या देखिएको उनले बताइन्।

नेपालमा कृषि क्षेत्रमा वार्षिक ५ देखि १० प्रतिशत माछाको उत्पादन बढेको छ। किसानलाई आत्मनिर्भर बनाउन समेत माछाले महत्वपूर्ण भूमिका खलेको उनको भनाइ छ।

यसरी माछाहरु लोप हुँदै जाँदा पृथ्वीको इकोसिस्टमा असर पर्ने मत्स्य अनुसन्धान केन्द्रका प्रमुख तथा वरिष्ठ मत्स्य वैज्ञानिक डा. मोहमद इकवाल हुसेनले बताए।

वातावरणलाई सन्तुलन राख्न माछाले महत्वपुर्ण भूमिका खेल्ने भन्दै माछाको संरक्षणमा सवै वर्ग लाग्नुपर्ने  उनको भनाइ छ।

नेपाल सरकारले माछाको संरक्षणका लागि २०७९ सालमा मत्स्य विकास नीति पास गरेको छ। त्यसले माछाको संरक्षणका लागि खोला तथा नदीमा विद्युत प्रवाह र विषादी छर्न पूर्ण रुपमा रोक लगाएको नेपाल फिसरिज सोसाइटीकी अध्यक्ष डा सुनिता राइले जानकारी दिइन्।

जलचर संरक्षणका लागि सरकारले स्थानीयलाई साथमा लिएर काम समेत गरेको उनले बताइन्। ‘जलचर संरक्षण ऐनले प्राकृतिक माछालाई करेन्ट लगाउन र विषादी प्रयोग गर्न रोक लगाएको छ’ उनले भनिन्, ‘यसमा आम मानिस लाग्न जरुरी छ।’

माछाको संरक्षण तथा प्रर्वद्धन गर्नका लागि चितवनमा मत्स्यपालन तथा मत्स्यपालन सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ।

नेपाल मत्स्य समाजको आयोजनामा बुधवार देखि भरतपुरमा मत्स्यपालन तथा मत्स्यपालन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुन लागको भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ।

‘स्वस्थ जनता अर्थतन्त्र र वातावरणका लागि निलो क्रान्ति’ भन्ने मुल नाराका साथ तीन दिने सम्मेलन आयोजना गर्न लागिएको मुल समारोह समिति संयोजक प्राडा सुनिला राईले जानकारी दिइन्।

सम्मेलनको मुख्य उद्देश्य शिक्षाविद, वैज्ञानिक, नीति निर्माता, व्यवसायी, विद्यार्थी, कृषक र सम्बन्धित अन्यलाई आफ्ना अनुभव, अनुसन्धानका नतिजा तथा असल अभ्यासहरु आदान प्रदान गर्ने रहेको उनले बताइन्।

सम्मेलनबाट साना र मध्यम स्तरका कृषकहरुलाई लक्षित गरी पर्यावरणमैत्री दिगो मत्स्यपालन, मत्स्य स्वास्थ्य, मत्स्य पोषण र मत्स्य प्रजनन र जलचर व्यवस्थापन लगायतका क्षेत्रहरुमा भएका अनुसन्धान मुलक कार्यपत्र प्रस्तुत गरीने छ।

कार्यपत्र भारत, चीन, बंगलादेश, थाइल्याण्ड, हंगेरी, जापन, संयुक्त राज्य अमेरिका, फिलिपन्स, मलेसिया र नेपालका वैज्ञानिकले प्रस्तुत गर्नेछन्। जसमा १ सय ३ वटा कार्यपत्र प्रस्तुत हुनेछन्। सम्मेलनको अन्तिम दिन सहभागिहरुले अन्नपूर्ण फिस फार्म, बिस हजारी ताल र घडियाल प्रजनन केन्द्रको लागि स्थलगत अध्ययन समेत गर्नेछन्। 

प्रकाशित: ७ कार्तिक २०८१ १०:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App