६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
समाज

स्रोत नखुलेको साढे २० लाख भारुसहित २ जना भारतीय पक्राउ

कपिलवस्तुको कृष्णनगर नगरपालिकाको लिन्क गेटबाट स्रोत नखुलेको साढे २० लाख भारतीय रुपैयाँसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्।

सोभवार साँझ २ वटा भारतीय नम्बर प्लेटको गाडी नेपाल भित्रिएको अवस्थामा चेकजाँचको क्रममा प्रहरीले उक्त परिमाणको स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको महाराष्ट्रस्थित राईगट जिल्लाका ३३ वर्षीय सलमान कुरैशी र ३९ वर्षीय उमेश सखराम रहेका प्रहरी नायब उपरिक्षक माहनमणि अधिकारीले बताए।

युपी ४५ एएस ६६६३ र युपी ४२ डीटी ५७२१ नम्बरको भाडाका गाडीमा ती दुईजनासहित ६ जना सवार थिए।

सलमानको झोलाबाट ८ लाख र सखरामको झोलाबाट साढे १२ लाख भारतीय रुपैयाँ बरामद भएको अधिकारीले बताए।

पक्राउ परेका दुबैजनालाई आवश्यक अनुसन्धान र कारबाहीकालागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।

प्रकाशित: ६ कार्तिक २०८१ ०७:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App