४ कार्तिक २०८१ आइतबार
image/svg+xml
समाज

सप्तरीमा बस दुर्घटना: एकजनाको घटनास्थलमै मृत्यु, २६ घाइते

कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।

कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ। घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा  भइरहेको छ। दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको हो।

उदयपुरको गाईघाटबाट काँकडभिट्टा गइरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको हो।

प्रकाशित: ४ कार्तिक २०८१ ०९:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App