२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

३ जना चढ्ने अटोमा ८ जना, दुर्घटनामा परी ७ घाईते

सडक दुर्घटनाको मुख्य कारण क्षमताभन्दा बढी यात्रु बोक्नु तथा ट्राफिक नियम उल्लङ्घन नै हो भन्ने थाहा हुँदाहुँदै पनि चालकहरुले अधिक भार बोक्न नछाड्दा बारम्बार दुर्घट्ना हुने गरेको छ ।  

उदयपुर सदरमुकाम गाईघाटमा यस्तै अधिक यात्रु बोकेको अटो टेम्पु शुक्रबार दुर्घटनामा पर्दा चालकसहित ७ यात्रु घाईते भएका छन् । त्रियुगा नगरपालिका १४ साउनेदेखि गाईघाट आउँदै गरेको स १ ह ८८७ नं. को अटो टेम्पु दुर्घटनामा पर्दा सबै यात्रु घाईते भएका छन् । त्रियुगा ११ र १४ बीचको साउने जङ्गलको सेल्फीडाँडास्थित नागबेली घुम्तीमा ३÷४ पल्ड्याङ खाएर दुर्घटना भएको टेम्बुमा चालकसहित ८ जना रहेको ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  

३ जना बोक्नुे अटो टेम्पुले शुक्रबार ७ यात्रु बोकेर आउँने क्रममा घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भई यात्रुहरु घाईते भएको ट्राफिक प्रहरी हवल्दार भुवन राईले बताए । उनका अनुसार घाईते हुनेहरु सबै साउनेकै छन् । घाईतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको पनि हवल्दार राईले बताए ।

घाईते हुनेमा त्रियुगा १४ की ३३ वर्षीया मञ्जु मगरको टाउको र दुवै हातमा चोट लागेको छ भने सोही ठाउँका १० वर्षीय किस्मन मगरको टाउको र शरिरमा चोट लागेको छ । त्यसैगरी साउनेकै नारद मगरकी १० वर्षीया छोरी शिक्षाको अनुहारमा चोट लागेको छ भने सोही ठाउँकी २४ वर्षीया रत्न परीयारको कम्मर, बाँया हात र खुट्टामा चोट लागेको छ ।

अन्य घाईते हुनेमा साउनेकै ३४ वर्षीया हेमा थापा मगरको निधारमा गहिरो चोट लागेको छ भने उनकै छोरा ७ वर्षीय रियाज मगरको पनि अनुहार र बाँया कुुममा चोट लागेको छ । दा साउनेकै ३८ वर्षीय तारामान मगरको बाँया खुट्टामा गहिरो चोट लागेको छ ।

ट्राफिक प्रहरी सहायक निरीक्षक तिलक पौडेलका अनुसार अटो चालक त्रियुगा १४ साउनेकै ३० वर्षीय भोला मगर भने घट्नालगत्तै फरार छन् । उनको खोजी भईरहेको छ भने घाईतेको उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल उदयपुर पठाइएको असई पौडेलले बताएका छन् ।  

प्रकाशित: २ कार्तिक २०८१ १८:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App