२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

गौशाला धर्मशाला विवाद: उच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश

पशुपतिको गौशाला धर्मशाला विवादमा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ।

शुक्रबार न्यायाधीश डालकुमार खड्काको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

माडवाडी सेवा समितिले पशुपति क्षेत्र विकास कोषसमेत १५ जनालाई विपक्षी बनाउँदै रिट दायर गरेको थियो।

पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समितिसँग गौशाला धर्मशाला सञ्चालन गर्न गरेको सम्झौता खारेज गरेर काठमाडौं महानगरसँग सम्झौता गरेको थियो।

यो सम्झौतापछि काठमाडौं महानगरले गौशाला धर्मशाला खाली गराउने प्रयास गरेको थियो। महानगरपालिकाले धर्मशालाबाट हटाउने खोजेको र उक्त कार्य असंवैधानिक भन्दै समितिले प्रदर्शन गर्दै आइरहेको छ।  

प्रकाशित: २ कार्तिक २०८१ १६:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App