२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

प्यारातालमा पूर्वाधार निर्माण गरिँदै

कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित नेपाल–भारत सीमाक्षेत्रमा रहेको प्याराताललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न ताल परिसरमा पर्यटकलाई आकर्षण गर्ने संरचना निर्माण भइरहेका छन।

प्यारातालमा पर्यटकको आकर्षणका लागि यहाँका नागरिकले प्याराताल परिसर श्रङ्गार गर्ने काम गरिरहेका छन। नागरिकहरुले स्वतःस्फूर्त रुपमा ताल परिसरमा विभिन्न प्रकारका कलात्मक आकृति निर्माण गरिरहेको प्याराताल पर्यटन प्रवद्र्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्र बस्नेतले जानकारी दिए।

“तालको जैविक पहिचानलाई उजागर गर्न र पर्यटकलाई आकर्षण गर्न ताल परिसरमा संरचना निर्माण भइरहेका छन्।” उनले भने,“नागरिकको स्वतःस्फूर्त सहयोगमा ताल परिसरमा सेल्फी प्वाइन्ट, माछाको प्रतिमा, कछुवाको प्रतिमा, दुर्लभ जलचर ओदको प्रतिमा राखिएको छ।” उनका अनुसार ताल परिसरमा उक्त प्रतिमा लगायतका संरचना निमार्णका लागि विभिन्न व्यक्तिहरुबाट १६ लाख सङ्कलन भएको थियो।

अध्यक्ष बस्नेतले भने,“सामाजिक सञ्जालबाट सुरु भएको अभियानले अहिले ताल परिसर सजाउन देश विदेश करिब १६ लाख आर्थिक स्रोत जुटेको छ।”त्यसैगरी ताल परिसरमा सजाउन गोही, मयुरको प्रतिमा, वाटर फाउन्टेन र आगन्तुकको मनोरञ्जनका लागि झुला निर्माण गरिएको छ।“अहिले पनि जरायो र कमलको फूल निमार्णको काम भइरहेको छ।” उनले भने–“प्यारातालको पर्यटन प्रवद्र्धनमा सबै तहले लाग्न जरुरी छ।” उनका अनुसार प्यारातालमा पछिल्लो समय धनगढी महेन्द्रनगर लगायतका क्षनेत्रबाट आन्तरिक पर्यटक आउने गरेका छन।

मनोरञ्जनका लागि प्याराताल उपयुक्त गन्तव्य भए पनि सरसफाइ र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने प्याराताल अवलोकन गर्न पुगेकाहरु बताउँछन्। “पर्यटकीय हिसाबले ताल महत्वपूर्ण छ यहाँ दुर्लभ जलचर, पक्षीसमेत देख्न पाइन्छ।” प्याराताल अवलोकनका लागि पुगेका टेकबहादुर विश्वकर्माले भने–“ताल परिसरमा सरसफाइ, तालको संरक्षण र पूर्वाधार विकासमा सरकारले लाग्न जरुरी छ।” ताल छेउमै पर्यटन बोर्डको सहयोगमा वनभोजस्थल बनाइएको छ, भने पुनर्वास नगरपालिकाको सहयोगमा पर्यटकको मनोरञ्जनका लागि झुला निर्माण गरिएका छन् । “अहिले प्यारातालमा आन्तरिक पर्यटक बढ्न थालेका छन् ।

” वडा सदस्य मणिनाथ बोगटीले भने–“तालको संरक्षण र प्रवद्र्धनका लागि पालिकाले काम गरिरहेको छ ।” उनले ताल अवलोकनका लागि पछिल्लो समय दैनिक पाँच सय बढी आन्तरिक पर्यटक प्याराताल पुग्ने गरेको बताए। ५० देखि एक सय मिटरसम्मको चौडाइ भएको ६ किलोमिटर लामो यो ताल जैविक विविधताले भरिएको छ   

प्रकाशित: २ कार्तिक २०८१ १४:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App