१ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

बोहोरा ‘सर्वोत्कृष्ट कार्यालय प्रमुख’

प्रहरी प्रधान कार्यालय काठमाडौंमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट सम्मानित हुँदै कर्णालीमा कार्यरत एसपी अपिलराज बोहोरा। तस्बिर: नागरिक

२०८१ मा प्रदेशस्तरीय ट्राफिक कार्यालयमध्ये नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत प्रथम भई सर्वोत्कृष्ट प्रदेश ट्राफिक कार्यालय प्रमुखबाट प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहरा सम्मानित भएका छन्। ६९औं प्रहरी दिवसका अवसरमा एसपी बोहोरालाई प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा अर्वोत्कृष्ट प्रदेश ट्राफिक कार्यालय प्रमुखका रूपमा सम्मान गरिएको हो।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख बोहोरालाई प्रंशसापत्रसहित सम्मान गरेका छन्।

नेपाल प्रहरी कार्यदक्षता मूल्यांकन २०८१ मा उत्कृष्ट प्रहरी कर्मचारी छनोट मापदण्ड, २०८० बमोजिम अन्तर प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा कार्यरत प्रहरी कर्मचारीमध्येबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बोहोरालाई उत्कृष्ट प्रहरी कर्मचारी छनोट गरिएको हो।

प्रकाशित: १ कार्तिक २०८१ ०७:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App