९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

इन्स्पेक्टर शाहीलाई पक्राउ गर्न प्रहरीले लियो अदालतको अनुमति

प्रहरी प्रभाग, भैंसेपाटीकी तत्कालीन प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ।

हनी ट्र्यापमा पारेर पैसा असुल गरेको घटनामा उनको समेत संलग्नता देखिएपछि ललितपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको हो।

बलात्कार मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उनलाई १० असोजमा जिम्मेवारीबाट हटाएको थियो। उक्त घटनाबारे जिल्ला प्रहरी परिसर, ललितपुरले छानबिन थालेको थियो।

अहिलेसम्म यस घटनामा चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा सुष्मा विक, ताज मुल इस्लाम, भिमादेवी थापा र प्रहरी सहायक हवल्दार महेन्द्र हमाल छन्।

प्रहरीले उनीहरूमाथि आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको बताएको छ।

प्रकाशित: ३० आश्विन २०८१ १७:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App