२७ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

यस वर्षको विजयादशमीमा राजधानीमा देखियो बढी चहलपहल

विगत वर्षका विजयादशमीमा भन्दा यस वर्ष राजधानीमा बढी चहलपहल देखिएको छ। विगत वर्षमा विजयादशमीका दिन पनि राजधानीका सडक सुनसान प्रायः हुने गरेकामा यस वर्ष भने बढी चहलपहल देखिएको हो।

घटस्थापनाको एक साताअघि देशका विभिन्न भागमा परेको भारी वर्षाका कारण आएको बाढीपहिरोले राजधानीबाट बाहिरिने धेरै सडक बिग्रिएको सन्देश प्रवाह भएकाले पनि राजधानी छोड्ने यात्रु यस घटेकाले राजधानीमा चहलपहल देखिएको हो। राजधानी बाहिर जाने कम भएपछि सडकमा बढी चहलपहल देखिएको हो।

राजधानीमा चहलपहल बढेपछि सडकमा सार्वजनिक र निजी सवारी साधन पनि बढी गुडेको देखिन्थ्यो। ट्राफिक प्रहरी कार्यालयले पनि यस वर्ष विगत वर्षभन्दा बढी सवारी साधन सडकमा गुडेको जनाएको छ। राजधानीका धेरै स्थानमा टीका लगाउन हिँड्नेले पनि यस वर्ष विगतमा भन्दा सहजै सार्वजनिक यातायात भेटिएको प्रतिक्रिया दिए।

विगत वर्षमा विजयादशमीका दिन रत्नपार्कबाट नैकाप जाने सवारी नपाइने गरेकामा यस वर्ष सहजै पाइएको जगदीश भण्डारीले अनुभव सुनाए।

बाढीपहिरोले बिग्रिएको सडक बनिसके पनि फेरि समस्या पर्न सक्ने भन्दै यस वर्ष कमै यात्रु मात्र राजधानी बाहिर गएका हुन्। समाजशास्त्री कीर्तिकुमार दुमी राई भने धेरै नेपाली परिवारसहित राजधानी बस्ने क्रम बढेकाले पनि कम यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएको बताउँछन्। राजधानी, ठूला शहर र सदरमुकाम केन्द्रित बसोवास गर्नेको सङ्ख्या बढिरहेको उनले सुनाए। यसैले गर्दा पनि यस वर्षको विजयाशमीमा राजधानीमा बढी चहलपहल देखिएको हो।

प्रकाशित: २७ आश्विन २०८१ ०७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App