२६ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बीपी राजमार्ग पुन: सञ्चालनमा आयो, जोखिम कायमै रहेकाले सावधानी अपनाउन आग्रह

काठमाडौंलाई पूर्वी जिल्ला जोड्ने बीपी राजमार्ग फेरि सञ्चालनमा आएको छ। १४ दिनपछि शुक्रबार पहिलो पटक सञ्चालनमा आएको बीपी राजमार्ग फेरि पहिरो खसेपछि अवरुद्ध भएको थियो।

पहिरो हटाएपछि बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको भत्किएको स्थानमा एकतर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ। कतै एकतर्फी तथा कतै दुईतर्फी हुने गरी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।

बाढीपहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको बीपी राजमार्गमा  काभ्रको रोशी गाउँपालिका–९ मङ्गलटारमा डाइभर्सन बनाएसँगै यातायात चल्न थालेका हुन्। बाढीपहिरोले नमोबुद्ध नगरपालिका–६ र रोशी–७ को सीमास्थल चौकीडाँडामा बगाएको झन्डै दुई सय मिटर सडक पनि अस्थायी रूपमा एकतर्फी खुलाइएको छ। सडकको अवस्था भने अझै जोखिमपूर्ण रहेकाले यात्रामा सावधानी अपनाउन आग्रह गरिएको छ। 

प्रकाशित: २६ आश्विन २०८१ ०६:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App