२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मिनीबस दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते

दैलेखको गुराँस गाउँपालिका–४ डबलगैरामा मिनिबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्।

दैलेखको दुल्लु नगरपालिकबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र. ०२००१ ख ०८२५ नम्बरको मिनीबस गुराँस गाउँपालिका–४ डबलगैरामा दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घाइते दुबैजनाको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। रासस

प्रकाशित: २५ आश्विन २०८१ १७:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App