२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बडादसैँका अवसरमा नक्सालस्थित सशस्त्र प्रहरी गणमा  मौलो पूजा गरेका छन्। नेपाल प्रहरीले हरेक वर्ष मौलो पूजा गर्दै आएको छ।

त्यस अवसरमा उनले मौलो पूजाका निम्ति विशेष कार्य गरेबापत प्रहरी नायब निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र थारुलाई नगद पुरस्कार प्रदान गरेका छन्।

पूजामा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृतहरूको उपस्थिति थियो। पूजापछि मूलकोत हनुमानढोकाका लागि निशान प्रस्थान गराइएको थियो। नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो।

नेपाल प्रहरीले २०११ सालमा निशान झण्डा प्राप्त गरेपछि हरेक वर्ष बडादसैँ र चैते दसैँमा निरन्तर रूपमा मौलो पूजा गर्दै आएको छ। साथै देशभरका विभिन्न प्रहरी कार्यालयमा रहेका मौलोमा पूजा गर्ने परम्पराअनुरूप आज सम्पूर्ण प्रहरी एकाइमा पनि मौलो पूजा गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।   

प्रकाशित: २५ आश्विन २०८१ १२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App