२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

राष्ट्रसङ्घीय शरणार्थी पुरस्कार ब्राजिलकी माइलेसीलाई, नेपालकी गुरुङ पनि सम्मानित

आप्रवासी र शरणार्थीको अधिकारका लागि दशकौँ लामो समयदेखि काम गर्दै आएकी ब्राजिलीयाली भिक्षुणी रोसिटा माइलेसीले संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय (युएनएचसिआर)को नानसेन पुरस्कार जितेकी छिन्।

७९ वर्षीय माइलेसीले ४० वर्षको अवधिमा ब्राजिलमा कानुनी कागजात, आवास, खाना, स्वास्थ्य सेवा, भाषा प्रशिक्षण र श्रम बजारमा पहुँच पु¥याउन हजारौँ मानिसलाई सहयोग गरेको युएनएचसीआरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

माइलेसीसहित चार क्षेत्रीय पुरस्कार पनि सबै महिलाहरूलाई दिइएको छ।

माइलेसीसँगै क्षेत्रीय पुरस्कारबाट नेपालकी दीप्ति गुरुङ, बुर्किना फासोकी मैमौना बा, सिरियाली जिन डाभोद, सुडानी शरणार्थी नाडा फाडोल सम्मानित भएका छन्।

सम्मानित हुने चार व्यक्तित्वमध्येकी एक नेपाली चेली गुरुङ रहेकी छिन्। उनले आफ्ना छोरीहरू राज्यविहीन भएपछि नेपालको नागरिकता कानुनमा सुधारका लागि अभियान चलाए थिए।

‘मैले आप्रवासी र शरणार्थीहरूको लागि आफूलाई समर्पित गर्ने निर्णय गरेँ। म शरणार्थीहरूलाई सहयोग गर्न, स्वागत गर्न र एकीकृत गर्न बढ्दो आवश्यकताबाट प्रेरित छु,’ माइलेसीले पुरस्कृत भएपछि दिएको संक्षिप्त टिप्पणीमा भनेकी छिन्।  

यूएनएचसीआरले उनको कामको बारेमा प्रकाश पार्दै माइलेसीले शरणार्थीको हक र हितका लागि एक सशक्त वकीलको रूपमा काम गरेकी छन्। उनको कामले विशेष गरी ब्राजिलको १९९७ को शरणार्थी कानून निर्माणमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको सार्वजनिक नीतिलाई आकार दिन ‘महत्वपूर्ण’ भूमिका खेलेको बताएको छ।

उनले ब्राजिलको सन् २०१७ को आप्रवासन कानुनमा पनि यस्तै भूमिका खेलेकी थिइन्। यो कानुनले ब्राजिलका विभिन्न समूहलाई एक ठाउँमा ल्याउने र सांसदहरूलाई परिचालन गर्ने काम भएको थियो।

बुर्किना फासोकी अधिकारकर्मी मैमौना बाले १०० भन्दा बढी विस्थापित बालबालिकालाई कक्षाकोठामा फर्कन मद्दत गरेकी थिइन्।

सिरियाली शरणार्थी र सामाजिक उद्यमी जिन डाभोद पनि क्षेत्रीयस्तरको राष्ट्रसङ्घीय शरणार्थी पुरस्कारबाट सम्मानित भएकी छिन्। उनले हजारौं आघात पीडितहरूलाई लाइसेन्स प्राप्त चिकित्सकहरूसँग जोड्न अनलाइन प्लेटफर्म निर्माण गरेकी थिइन्।

माथि उल्लेखित सबै पुरस्कार आगामी अक्टोबर १४ मा जेनेभामा प्रदान गरिनेछ।

सन् १९५४ मा स्थापना भएको नानसेन पुरस्कार अन्तर्गत विजेताको कामलाई परिपूरक बनाउने परियोजनाका लागि एक लाख अमेरिकी डलर प्राप्त गर्नेछन्। क्षेत्रीय विजेताले जनही २५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।

सन् १९२२ को नोबेल शान्ति पुरस्कार विजेता नर्वेजियन ध्रुवीय अन्वेषक फ्रिडजोफ नानसेनको नामबाट यो पुरस्कारको नामकरण गरिएको हो। रासस

प्रकाशित: २३ आश्विन २०८१ १३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App