२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

भारत सरकारद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण

भारतीय राजदूतावास काठमाडौँले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई राहत सामग्री हस्तान्तरण गरेको छ।

राजदूतावासका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले रिजाललाई बाढीपीडितका लागि  आवश्यक सामग्री हस्तान्तरण गरेका हुन्।

भारु एक करोड १८ लाख ५१ हजार २० बराबरको सामग्री प्रजिअ रिजालसमक्ष नेपालगञ्ज विमानस्थल परिसरमा रहेको ‘मानवीय सहायतस्थल’मा हस्तान्तरण गरिएको थियो। सो अवसरमा प्रजिअ रिजालले भारत सरकारलाई धन्यवाद दिए।

सामग्रीअन्तर्गत क्लोरिन ट्याब्लेट, स्लिपिङ ब्याग, पानीको बोतल, त्रिपाल छन्। भारत सरकारको तर्फबाट आज पनि सामग्री आउने र सबै सामग्री सङ्कलन भएपछि मात्र हवाईजहाजमार्फत काठमाडौँ पठाइने प्रजिअ रिजालले जानकारी दिए। रासस

प्रकाशित: २२ आश्विन २०८१ ०९:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App