१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः धार्मिक कार्य गर्नु शुभ छ। विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ । विभिन्न विलासी सम्बन्धी व्यापारिक कामको फल राम्रो होला । यात्रामा फल प्राप्त योग छ। समाजिक पद प्रतिष्ठा  मिल्ने छ।

वृष राशिः व्यापार व्यवसायमा कम फल प्राप्तिको समय छ। पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। राजनीतिमा सफलता मिल्नेछ। विदेश यात्राको योग रहेको छ। आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ।

मिथुन राशिः वाणी प्रभाव वढ्ने योग छ। व्यापारको राम्रो फल प्राप्त हुने छ । पराक्रमबाट कार्य्सिद्धि हुने योग छ । नयाँ कार्यमा बाधा केही आउने छ । व्यर्थमा धन खर्च हुने समय छ । अध्ययनको क्षेत्रमा राम्रो छ।

कर्कट राशिः आफन्तहरुसँग शुभ भेटघाट हुनेछ । जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ । व्यापार व्यवसायमा शुभ नै देखिन्छ । कार्यमा हिंड्दा व्यर्थ व्यय हुन सक्ने हुँदा, जोगिनु होला । ज्ञानको क्षेत्रमा रुची बढ्ने छ।

सिंह राशिःव्यापार ब्यवसाय गर्नेहरुलाई  दिन राम्रो छ। वैदेशिक यात्राको योग देखिन्छ। नवीन कार्यमा हात नहाल्नु राम्रो छ। स्वास्थ्यको विषयमा केही व्यय हुने समय छ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ।

कन्या राशिः आफन्तबाट धन व्यय हुने योग छ। प्रयास गर्दा नयाँ फल प्राप्त हुने देखिन्छ। जग्गा सम्बन्धी काममा अर्थ प्राप्तिको योग छ। साधारण रोग देखापरी स्वास्थमा बाधा आउला। यात्राको समय रहेको छ।

तुला राशिः उपलव्धिपूर्ण आर्थिक लाभ छ। अध्यनार्थीका लागि पढाइमा रुची बढ्ने छ। उन्नति प्रगति हुने देखिन्छ । विलासी क्षेत्रमा प्रवेश नगर्नुनै वेस हुन्छ। पराक्रमबाट कार्यसिद्धिमा सामान्य बाधा छ।

वृश्चिक राशिः मित्रहरुबाट कार्यसिद्धि योग कम हुने छ। काम गर्दा विचार पुर्‍याएर गर्नुपर्नेछ। यात्रा गर्नु पर्दा दिनको सुरुमा नै गर्नु होला । साथीहरुबाट केही खर्च हुने योग देखिन्छ। रमाईलो भेटघाटमा सहभागी हुनु पर्नेछ।

धनु राशिः विद्यार्थीहरुका लागि पढाई दोहोर्याउनुपर्ने हुनसक्छ। उद्योगमा आर्थिक लगानी गर्दा फल मिल्ने योग छ। सामान्य लाभ हुने दिन रहेको छ। वाणी प्रभाव वढ्ने छ। पारिवारमा सुमधुर सम्वन्ध रहने छ।

मकर राशिः नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। अध्ययन अध्यापनमा सफलता मिल्ने योग छ। स्वास्थमा केही सुधार देखिने छ। सामान्य रोग देखापर्न सक्ने छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ।

कुम्भ राशिः व्यापारिक लगानीहरु प्राप्त हुने देखिन्छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। मित्रहरुबाट कार्यसिद्धि योग रहेको छ। स्वास्थ्यको कारणले केही धन खर्च हुने छ। व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त  हुनेछ।

मीन राशिः आफ्नो क्षेत्रमा प्रभाव बढाउन सफल भइने छ। अग्रजमा सामान्य चर्म रोग देखा पर्न सक्ने छ । केही धन खर्च हुने योग देखिन्छ। उद्योगको क्षेत्रमा आर्थिक लगानी गर्न मिल्ने योग छ।        

प्रकाशित: १० आश्विन २०८१ ०६:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App