९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

बाजुरामा चट्याङ लागेर एक वृद्धको मृत्यु

चट्याङ लागेर बाजुरामा  एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा बुढीगङ्गा नगरपालिका–४ बागेगाउँका ६० वर्षीय खम्म कटुवाल रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जनक बोहराका अनुसार चट्याङ लागेर कटुवालको घटनास्थलमै मृत्यु भएको हो।

चट्याङ लागेर गौमुल गाउँपालिका–४ की ४० वर्षीया साउनी रोकाया घाइते भएकी छिन्। उनको जिल्ला  अस्पतालमा उपचार भइरहेको छ। चट्याङ लागेर रोकायाका चार बाख्रासमेत मरेका प्रहरीले जनाएको छ।  

प्रकाशित: ९ आश्विन २०८१ १६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App