९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

न्यायपरिषद्लाई नेपाल बारको चेतावनी: यथास्थितिमा न्यायाधीश नियुक्त गरे बहिष्कार गछौं

न्यायपरिषद्ले संविधान विपरीत न्यायाधीश नियुक्ति सिफारिस गर्न लागेको भन्दै नेपाल बार एसोसिएसनले बुधवार पनि विरोध प्रदर्शन गरेको छ ।

नेपाल बारले नेपालको संविधानको धारा १४१ को (१) र (३) को विपरित हुनेगरी विदाई हुने बेलामा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ नेतृत्वको न्याय परिषद्ले न्यायाधीश नियुक्तिको सिफारिसका लागि बैठक बोलाउने निर्णय गरेको भन्दै त्यसको विरोधमा बाध्य भएर खबरदारी सभा लगायतका विरोधको कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी गराएको हो ।

यसअघि पनि बारले न्याय परिषद्को बैठकमा धर्ना दिएपछि ती समस्या समाधानका लागि सुझाव दिन कार्यदल गठन गरिएको थियो । तर सो कार्य दलमा समेत कुनै कुरा नराखीकन न्याय परिषद्को बैठकबाट न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने असंवैधानिक कदम अघि बढाउने प्रयास गरेपछि बाध्य भएर निरन्तर रुपमा धर्नालगायतका विरोध प्रदर्शनका कार्यक्रम अघि बढाउने निर्णय लिनुपरेको बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए। उनले संविधान विपरीत सो परिषद्ले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरे आफूहरूले बहिष्कार गर्ने चेतावनी समेत दिए । 

नेपाल बारले असोज १० गते बिहीबार अपराह्न १ बजेपछि न्याय परिषद्को असंवैधानिक कदमको विरोधमा भन्दै सर्वोच्च अदालत परिसरमा धर्ना दिने जनाएको छ । 

प्रकाशित: ९ आश्विन २०८१ १६:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App