३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

नदीले बगाएका बालक अझै भेटिएनन्

तनहुँमा मादीनदीले बगाएका एक बालक एक साता हुँदा पनि अझ फेला परेका छैनन्।  प्रहरीले दिएको जानकारी अनुसार व्यास नगरपालिका–३ देउराली नगर निवासी १५ वर्षीय रोनाल्ड थापा गत सोमबारदेखि बेपत्ता भएका हुन्।

उनी व्यास नगरपालिका–४ स्थित कन्काई बोडिङ स्कूलमा कक्षा १० मा अध्यनरत रहेको प्रहरीले जनाएको छ। घरबाट विद्यालय जान्छु भनि हिँडेका उनी विद्यालय नगई साथीभाइसँग नदीमा नुहाउन गएका थिए। बालक साँझ अबेरसम्म घर नफर्किएपछि मात्रै परिवारले छोरा हराएको जानकारी पाएका थिए।

सोमबार दिउँसो १ बजेको समयमा मादीनदीले एक बालक बगाएको भनि प्रहरीमा सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। घट्ना भएको दिनदेखि प्रहरीले आफ्नो क्षेत्रबाट खोजीलाई तीव्रता दिँदै आए पनि फेला पार्न नसकेको उनले बताए।

ती बालकसँगै नदीमा नुहाउन गएका अन्य दुई बालकलाई प्रहरीले सोधपुछका नियन्त्रणमा लिएर छाडिसकेको छ। बालकका बुबा श्रीरामले भने छोराको नियोजित हत्या भएको बताए।

वृद्व पाँच दिनदेखि बेखबर

त्यसैगरी तनहुँको सदरमुकाम दमौली निवासी गोपाल लौडारी पाँच दिनदेखि बेखबर छन्। सम्पर्कविहीन हुँदा परिवारजन चिन्तित भएका छन्। 

व्यास–२ ट्राफिक चोक नजिक निवासी ७४ बर्षीय लौडारी बुधबार बिहान ७ बजेको समयमा मर्निङवाकमा निस्केका थिए। त्यसपछि  घर नफर्किएको परिवारले जनाएका छन्।

आफन्त, इष्टमित्र नातागोतालगायतका स्थानमा खोजी गरेपनि भेटाउन नसकेपछि परिवारजन निराश भएका छन्। खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालयमा जानकारी गराइए पनि कुनै पत्ता लाग्न नसकेको स्थानीय भरत पोख्रेलले जानकारी दिए।

प्रकाशित: ३१ भाद्र २०८१ १३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App