५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिने भन्दै तीन लाख ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई आज पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका–३ मनकामना बस्ने ४४ वर्षीया कमला चुँडाल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, “पक्राउ परेकी निज चुँडालले एकजनालाई पोल्याण्ड लैजाने भन्दै रकम लिई विदेश नपठाई सम्पर्क विहीन भएको पीडितको उजुरीका आधारमा काठमाडौं टोखा नगरपालिका–३ मनकामनाबाट पक्राउ गरिएको हो।”

निजलाई थप अनुसन्धान तथा कारबाहीको लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए।

प्रकाशित: २४ भाद्र २०८१ १९:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App