१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

बेपत्ता दुई पुरुष मध्ये एक जनाको शव फेला

चितवनको राप्ती नदीमा बेपत्ता भएका दुई पुरुष मध्ये एक जनाको शव फेला परेको छ । फेला पर्नेमा भरतपुर महानगरपालिका २५ चितई बस्ने ४३ वर्षिय सञ्जिव कुमार चौधरी रहेका छन् ।

चौधरीको शव मेघौली एयरपोर्टबाट खटिएको नेपाली सेना र इलाका प्रहरी कार्यालय दिव्यनगरबाट खटिएको प्रहरीको टोलीले घटना स्थलभन्दा ६ किलोमिटर तल आइतबार ११ः५० को समयमा फेला पारेको हो ।

शुक्रबार भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित राप्तीखोलामा माछा मार्न चौधरी सहित भरतपुर २७ का ४५ वर्षीय शुकबहादुर परियार बेपत्ता भएका थिए । अर्का बेपत्ता परियारको भने नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीय मिलेर नदीमा खोजी जारी राखेको छ ।

प्रकाशित: २३ भाद्र २०८१ १४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App