३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

तपाईकाे आजकाे राशिफल

मेष राशिः परिवारमा धन आर्जन हुने योग देखिन्छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। सामान्य मतान्तर हुन सक्ने हुँदा, जोगिनु होला। स्वदेश यात्राको योग रहेको छ। भेटघाटमा सहभागी हुनु पर्नेछ।

वृष राशिः पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ। अन्यको सहयोग लिएर काम नगरी आफैं कार्य गर्नु होला। स्वास्थ्यमा केही विकार आउने देखिन्छ। धार्मिक कार्यमा रुचि बढ्ने छ। सामाजिक सम्मान मिल्ने छ।

मिथुन राशिः विद्यार्थीका लागि पढाइ राम्रो हुने योग रहेको छ। अग्रजमा सामान्य कर्ण रोग देखा पर्न सक्ने छ। यात्रामा फल प्राप्त हुने योग छ। व्यापार व्यवसायमा शुभ देखिन्छ। वाणी सिद्धि हुने समय छ।

कर्कट राशिः अध्ययनमा सफलता मिल्ने छ। उन्नति प्रगति हुने दिन छ। व्यापार व्यवसाय गर्नेलाई  मध्यम छ। सामान्य रोग देखिन सक्छ।  नयाँ कार्यमा थोरै बाधा आउने  छ। घर परिवारमा प्रेम सद्भाव रहनेछ।

सिंह राशिः बाहिरी खानपानमा प्रवेश नगर्नु नै वेस हुन्छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ। व्यापारमा कम फल प्राप्त हुने छ। विलासी क्षेत्रमा केही फल मिल्ने योग छ। अध्ययनमा सफलता मिल्ने योग छ।

कन्या राशिः मित्रहरुबाट ढिलो कार्यसिद्धि योग रहेको छ। केही उन्नति हुने योग देखिन्छ। व्यवसायमा लगानी गरे हल्का अर्थ प्राप्त हुनेछ। सामान्य चर्म रोग देखिन सक्छ। अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ।

तुला राशिः कार्यमा प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ। अध्ययनको क्षेत्रमा सफलता प्राप्त हुने छ। पहिलेको धन प्राप्त हुने देखिन्छ। व्यापार व्यवसायमा फल प्राप्तिको समय छ। उद्योगमा लगानी गर्दा मध्यम हुनेछ।

वृश्चिक राशिः व्यापार व्यवसायमा, नवीन कार्यमा हात नहाल्नु होला। आफन्तहरुसँग शुभ भेटघाट हुनेछ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। जग्गासम्वन्धी काममा मध्यम फल प्राप्तिको समय छ।

धनु राशिः धार्मिक कार्य गर्नु शुभ छ। जीवन संगिनीसँग प्रेम सद्भाव रहनेछ । वैदेशिक यात्राको योग मध्यम देखिन्छ। व्यापारको कार्य गर्दा विचार पु¥याएर गर्नु होला। आर्थिक क्षेत्रमा सफलता मिल्नेछ।

मकर राशिः राजनीति क्षेत्रमा सफलता मिल्नेछ। नयाँ कार्यसिद्धिमा सामान्य बाधा छ। व्यापारको क्षेत्रमा आर्थिक लगानी नगर्नु होला। सामान्य उदर रोग देखा पर्न सक्छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ।

कुम्भ राशिः पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ। हल्का विवाद हुन सक्ने हुँदा, जोगिनु होला। ज्ञान आर्जनमा रुची बढ्ने छ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। यात्रामा फल प्राप्त योग छ।

मीन राशिः राजनीतिमा सफलता मिल्नेछ। नयाँ कार्यगर्दा बिचारपूर्वक गर्नुहोला। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। यात्रा हुने छ। पराक्रमबाट कार्यसिद्धि हुने योग छ। साथीभाइसँगको भेटघाट रमाइलो हुनेछ।

प्रकाशित: २० भाद्र २०८१ ०६:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App