१० कार्तिक २०८१ शनिबार
image/svg+xml
समाज

विदेश पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठग्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।  

पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिकाका ३२ वर्षीय बुद्ध लामा र काठमाडौं टोखाका ४३ वर्षीय मानबहादुर चौधरी छन्  । प्रहरीले लामालाई काभ्रेको धुलिखेलबाट र लामालाई काठमाडौंको गोंगबुबाट नियन्त्रणमा लिएको जनाएको छ । 

आकर्षक तलबको प्रलोभन देखाएर उनीहरुले युवायुवतीहरुलाई न्युजिल्यान्ड, उज्वेकिस्तानसहितका देशमा पठाउने बताउँदै रकम असुलेका थिए । लामाले ७ जनाबाट १० लाख र चौधरीले ६ जनाबाट १२ लाख ५० हजार रुपैयाँ संकलन गरेको प्रहरीको दाबी छ । 

थप अनुसन्धानका लागि दुवै जनालाई ताहाचलमा रहेको वैदेशिक रोजगार विभाग पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । 

प्रकाशित: १८ भाद्र २०८१ १७:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App