३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

सेती नदी कटानले अन्त्य कर्मका लागि सतीघाट पुग्न समस्या

सेती नदीको कटानका कारण पोखरा महानगरपालिका–३२ स्थित सतीघाटमा बाटो भत्कँदा समस्या भएको छ। 

परापूर्वकालदेखि तल्लो गगनगौडा, लामेआहाल, कालिकानगर, मजुुवा र आसपासका व्यक्तिको अन्तिम संस्कार गरिने घाटमा पुग्ने  बाटो सेती नदीको कटानसँगै भत्केपछि समस्या भएको हो।

घाटसम्मको बाटोलाई विगत दुुई वर्षयता लगातार रुपमा बजेट विनियोजनगरी ढलान गरिएको भए पनि नदीको कटानका कारण बाटो नै भत्कँदा त्यहाँबाट आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको पोखरा महानगरपालिकाका वडाध्यक्ष अक्कल बहादुुर कार्कीले बताए।

‘घाटसम्मको बाटो ढलानका लागि यसअघिका दुुई आर्थिक वर्षमा क्रमशः १५ लाख र २३ लाख रुपैयाँ बजेट विनियोजन भई काम भएको थियो’, उनले भनने, ‘नदी कटानले बाटोको धेरै भाग भत्किएको छ।’ 

वडामा बाढी नियन्त्रणका लागि ७० लाख  बजेट विनियोजन भए पनि उक्त रकमले त्यहाँको समस्या समाधान गर्न असम्भव भएको बताउँदै उनले घाटसम्मको आवतजावत सहज बनाउन धेरै रकम चाहिने जानकारी दिए।-रासस

प्रकाशित: ९ भाद्र २०८१ ०८:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App