३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। परिवारमा धन आर्जन हुने समय देखिन्छ। व्यापारमा  फल प्राप्तिको योग छ। अध्ययनमा रुचि हुनेछ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ।

वृष राशिः स्वजनबाट धन खर्च योग छ। यात्रा गर्दा दिनको शुरुमै गर्नु होला। सहयोग लिएर काम नगरी आफै कार्य गर्नु होला। स्वास्थ्यमा केही विकार आउने देखिन्छ। सामाजिक कार्यमा सम्मान मिल्ने छ।

मिथुन राशिः व्यापार व्यवसायमा शुभ छ। विद्यार्थीका लागि पढाइ राम्रो हुने योग रहेको छ। सामान्य कर्ण रोग देखा पर्न सक्ने छ। नयाँ स्थानको यात्रामा रुचि नलिनु होला। वाणी सिद्धि हुने योग छ।

कर्कट राशिः अध्ययनमा सफलता मिल्ने छ। उन्नति प्रगति कम हुने समय छ। घर परिवारमा प्रेम सद्भाव हुने छ। सामान्य उदर रोग देखिन सक्छ। नयाँ कार्यमा थोरै बाधा आउने  छ। व्यापार व्यवसाय गर्नेहरुलाई मध्यम छ।

सिंह राशिः विलासी खानपानमा प्रवेश नगर्नु नै वेस हुन्छ। भूमि क्रय र गृह निर्माणको योग छ। व्यापारमा सामान्य फल प्राप्त हुनेछ। सवारी साधन क्रयको योग छ। अध्ययनमा सफलता मिल्ने छ।

कन्या राशिः अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। उन्नती हुने योग छ। धातु व्यवसायमा लगानी गरेमा उचित लाभ प्राप्त हुनेछ। मित्रहरुबाट कार्यसिद्धि योग रहेको छ।

तुला राशिः प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ। अध्ययन र लेखनको क्षेत्रमा सफलता प्राप्त हुनेछ। सँगिनीसँग प्रेम सद्भाव रहने छ। व्यापार व्यवसायमा हल्का फल प्राप्तिको समय छ। उद्योगमा लगानि गर्दा मध्यम छ।

वृश्चिक राशिः इष्टमित्रसँग वैचारिक मिलापको योग रहेको छ। व्यापार व्यवसायमा फल प्राप्तिको योग छ। नवीन कार्यमा हात नहाल्नु होला। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। आर्थिक लाभ हुने दिन छ।

धनु राशिः धार्मिक कार्य गर्नु शुभ छ। विलासी कार्यमा रुचि नगर्दा राम्रो छ। वैदेशिक यात्राको योग देखिन्छ। व्यापारको कार्य गर्दा विचार पु¥याएर गर्नु होला। आर्थिक क्षेत्रमा सफलता मिल्नेछ।

मकर राशिः राजनीति क्षेत्रमा खर्च बढ्ने छ। नयाँ कामको कार्य सिद्धिमा सामान्य बाधा छ। व्यापार क्षेत्रको आर्थिक लगानीमा विचार गर्नुपर्ला। सामान्य चर्म रोग देखिन सक्छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ।

कुम्भ राशिः अध्यनार्थीलाई ज्ञान आर्जनमा रुचि बढ्ने छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ। हिंड्दा मतभिन्न हुन सक्ने हुँदा, जोगिनु होला। वैदेशिक यात्रामा भाग्य राम्रो छ।

मीन राशिः यात्राको समय रहेको छ। पराक्रमबाट कार्यसिद्धि हुने योग छ। राजनीतिमा सफलता मिल्नेछ। साथीभाइसँग भेटघाट हुनेछ। नयाँ कार्यगर्दा विचारपूर्वक गर्नुहोला। नयाँ जिम्मेवारी प्राप्त हुनेछ।

प्रकाशित: ३१ श्रावण २०८१ ०६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App