२५ भाद्र २०८१ मंगलबार
image/svg+xml
समाज

लमजुङमा रुखले किचेर एक महिलाकाे मृत्यु

लमजुङमा रुख ढलेर किच्दा एक महिलाको मृत्यु भएको छ।

सोमबार साँझ ५ बजे सुन्दरबजार नगरपालिका–१ कुन्छाका ८२ वर्षीय लीलादेवी मिश्रको रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार मृतक मिश्र घरदेखि एक सय मिटर दूरीमा रहेको कुवामा पानी भर्न जाने क्रममा रुख ढलेर किच्दा घटनास्थलमै मृत्यु भएको हो।

कुवाभन्दा अन्दाजी १० मिटरमाथि रहेको काब्रोको रुख एक्कासि ढल्दा मिश्रको घटनास्थलमै मृत्यु भएको उनको भनाइ छ। पानी परिरहेकाले जमिन भासिँदा रुख ढलेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का उठाएको छ। प्रहरी निरीक्षक चपाईंका अनुसार शव परीक्षण गर्न बेंसीसहर नगरपालिका–८ स्थित जिल्ला अस्पताल ल्याइँदै छ।

मृतक मिश्रकी श्रीमान् र तीन छोरा बुहारी रहे पनि घरमा श्रीमान् मात्रै बस्दै आएको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ श्रावण २०८१ २१:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App