काठमाडौंको जोरपाटीस्थित गोकर्णेश्वरमा आगलागी भएको छ।
जोरपाटीस्थित गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा रहेको एक धागो फ्याक्ट्रीमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
ओखलढुङगा स्थायी घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका २ सुन्दरीजल भूमिस्थली बस्ने बुद्धिबहादुर कार्कीले सञ्चालन गरेको मनकामना धागो कारखानामा आगलागी भएको अधिकारीले जानकारी दिए।
आगलागी नियन्त्रणका लागि ५० जना प्रहरी, २५ जना नेपाली सेना र स्थानीयवासी परिचालित भैरहेको उनको भनाई छ।
प्रकाशित: २५ श्रावण २०८१ १८:२६ शुक्रबार