६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

लमजुङमा श्रमदानबाट रोपाइँ

लमजुङमा सञ्चालित एकमात्र गुरुकुल आश्रमका आवासीय विद्यार्थीको भरण पोषणका लागि १५ रोपनी खेतमा स्थानीय अभिभावकले श्रमदानबाट  रोपाइँ गरेका छन्। दुराडाँडास्थित पाणिनी संस्कृत माध्यामिक विद्यालयमा सञ्चालित गुरुकुल आश्रम व्यवस्थापन समितिको संयुक्त पहलमा श्रमदानबाट रोपाइँ गरिएको विद्यालय व्यस्थापन समितिका अध्यक्ष अमृत न्यौपानेले बताए।

गुरुकुलमा जुम्ला, कालिकोट र मुगुका विपन्न ब्राह्मण परिवारबाट ल्याइएका ७ देखि १३ वर्षका  २७ जना वटुक आश्रममा अध्ययन गरिरहेका छन्। आश्रमका वटुकको भोजनका निम्ति भिक्षा माग्न गाउँघर डुल्नुभन्दा विद्यालयको खेत र त्यस नजिकको बाँझो भूमिमा करिब एक लाख बराबरको श्रमदान गरेर रोपाइँ सम्पन्न भएको गुरुकुलका अध्यक्ष पुष्पराज अधिकारीले बताए।

खेतबाट उत्पादन हुने धानले वटुकहरूलाई छ महिना भोजनको व्यवस्था गर्न सहज हुने विश्वास उनले व्यक्त गरे। सुन्दरबजार नगरपालिकाले रोपाइँ गर्न आश्रमलाई पाँच लाख प्रदान गरेको थियो। उक्त रकममध्ये ३० हजार मलखाद र बीउ खरिदमा खर्च भएको जानकारी उनले दिए। -रासस

प्रकाशित: २५ श्रावण २०८१ १३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App