३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

सिग्देल कामु प्रधानसेनापति

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा साउन २५ देखि बिदा बस्ने भएपछि बलाधिकृत रथी अशोकराज सिग्देललाई कायममुकायम (कामु) प्रधानसेनापतिको जिम्मेवारी दिइएको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले साउन २५ देखि लागु हुने गरी रथी सिग्देललाई कामु प्रधानसेनापति तोकेको हो  भदौ २४ मा आफ्नो कार्यकाल पूरा गर्न लागेका प्रधानसेनापति शर्मा साउन २५ बाट घरबिदामा बस्नेछन्।

सेनाका अनुसार रथी सिग्देलले युद्धकार्य विभाग, निरीक्षण विभाग, कल्याणकारी निर्देशनालय, व्यवस्था, नीति तथा योजना विभाग, प्रबन्ध रथी, सम्भार रथी, विश्वशान्ति, मध्य तथा उपत्यका पृतना प्रमुख भएर काम गरिसकेका छन्। प्रधानसेनापति हुन गर्नुपर्ने हायर कमान्ड तथा म्यानेजमेन्ट प्रशिक्षणमा लिएका थिए  उपरथी ताराध्वज पाण्डेको रथी बढुवामा सिफारिस भए पनि उनको जन्ममिति विवादमा परेपछि पदबाट राजीनामा दिएका थिए। त्यसपछि रथीमा सिग्देलको बढुवा भएको थियो। प्रधानसेनापति बन्ने रोलक्रममा रहेका रथी सिग्देललाई जन्ममिति विवादमा प्रमाण नपुगेको भन्दै साउन १३ गते सर्वोच्च अदालले बढुवाका लागि बाटो खोलिदिएपछि सरकारलाई कामु दिन सहज भएको हो।

४५औं प्रधानसेनापतिको रोलक्रममा रहेका सिग्देलले शैक्षिक योग्यताका प्रमाणपत्र र नागरिकतामा किर्ते गरेर जन्ममिति सच्याएको भन्दै परेको निवेदनमाथि सर्वोच्चले साउन १३ गते (आइतबार) प्रमाण अभाव भन्दै रिट दरपीठ गरेपछि बढुवाका लागि बाटो खुलेको थियो।

सिग्देल २०७६ असोजमा उपरथी भएका थिए। सेनामा शालीन, भद्र र अध्ययन एवं प्रशिक्षणमा अब्बल अधिकृत सिग्देललाई जबर्जस्ती विवादमा तानिएको बताउन थालिएको छ। तनहुँमा जन्मेका सिग्देलको पुख्र्यौली घर भैरहवा हो। कामु प्रधानसेनापति सिग्देल २०४३ को ब्याचका सेकेन्ड लेफ्टिनेन्ट हुन्। उनी २५ बेसिकका एक नम्बरमा सेकेन्ड लेफ्टिनेन्ट भएका थिए। हायर कमान्डमा पनि उनी एक नम्बरमा थिए।

प्रकाशित: १६ श्रावण २०८१ ०६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App